नेभिगेशन
समाज विविध

सन्दीपको मुद्दा न्यायाधीश फुयालको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित परेको पुनरावेदन मुद्दाको सुनुवाइ आज हुँदै छ । सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको छ ।

नाबालिका बलात्कार अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्चमा निवेदन दिएको थियो । 

यसअघि मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले शर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध