नेभिगेशन
समाज विविध

सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशको कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। 

न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको हो । 

गत मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो। सोही निवेदनका आधारमा सर्वाेच्चले आज यस्तो आदेश जारी गरेको हो ।

दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध