Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ -नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल गाडि चलाउँदा चलाउँदै बेहोस भएका छन् । बेहोस भएपछि उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । भूसाल माइतीघरहुँदै पार्टी कार्यालयतर्फ आउँदै गर्दा एभरेष्ट होटल अगाडि बेहोस भएका थिए ।

उनले चलाएको जीप अनियन्त्रित भएर एभरेष्ट होटल अगाडिको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनालगत्तै भूसाललाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । जीप पूर्णरूपमा क्षति भएको छ ।

उनको छातीमा चोट लागेको अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधि पौडेलले जानकारी दिए । अस्पताल लागेर चेकजाँच गराउँदा उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्