Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिकित्सक संघमा राजनीतिक हस्तक्षेप नहोस् : डा. केसी

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार संघको निर्वाचनअन्तर्गत काठमाडौँको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेसागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताए । 

संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने भन्दै उनले संघमा निर्वाचित हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे । 

चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ । 

उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो ।

संघका विभिन्न १९ पदमध्ये १ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ कोषाध्यक्ष, १ सहसचिव, १ सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्