नेभिगेशन
समाज विविध

कला–संस्कृतिका लागि जर्मनीमा विशेष कार्यक्रम हुने

काठमाडौँ– नेपाली कला–संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रूपमा कार्यरत संस्थाहरू नेसनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ ।
कार्यक्रमका विषयमा डेल्फिक नेपालका अध्यक्षले युरोपमा रहेका नेपाली कलाकर्मीहरूसँग छलफल गरेका छन् । 
छलफलमा डेल्फिक नेपालका सचिव सूर्यबहादुर रासकोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष विनोद चिपालु, लेखक÷निर्देशक सनमकुमार बैराग, विकास देवकोटा, कानुन व्यावसायी टम अधिकारी, सिम्मी पुनलगायतको सहभागिता थियो । 
नेदरल्यान्डमा रहेका इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल र नेपालमा रहेका डेल्फिक नेपालका उपाध्यक्ष जीवन पराजुलीले छलफलमा भर्चुअल सहभागिता जनाए ।
‘नेपालबाहिर रहेर पनि नेपाली कला–संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि अहोरात्र खटेर योगदान पु¥याउने विशिष्ट स्रष्टा, कलाकर्मी, साहित्यकारलगायतको पहिचान गरी उनीहरूलाई उचित सम्मान दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहनेछ’, मे २०२३ मा हुने कार्यक्रमबारे डेल्फिक नेपालका अध्यक्ष बिएलले भने, ‘यो कार्यक्रमबाहेक उत्कृष्ट नेपाली चलचित्रहरूको छनोट गरी विश्वका विभिन्न राष्ट्रमा नियमित रूपमा प्रचारप्रसार र प्रदर्शन गर्न एउटा छुट्टै कार्यसमिति बनाउने र नेपाली चलचित्रको वैकल्पिक बजार खोज्ने, नेपाली चलचित्रको प्रवर्द्र्धनका लागि विभिन्न महोत्सव आयोजना गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।’
इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठले लन्डनको प्लमस्टिडमा सञ्चालन गर्दै आएको गोर्खा क्लबमा डेल्फिक नेपालका पदाधिकारीको स्वागतमा रात्रिभोज आयोजना गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध