नेभिगेशन
समाज विविध

नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट अनलाइनबाट

काठमाडौँ– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानको टिकट अनलाइनबाट लिन पाउने व्यवस्था गरेको छ । निगमले आन्तरिक टिकटलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा जोडसँगै अव यात्रुहरूले अनलाइनबाट मात्र टिकट पाउनेछन् ।

शुक्रकार एयरलाइन्सले विज्ञप्तीमार्फत आन्तरिक उडानको टिकट अनलाइनमार्फत लिन सकिने बारे जानकारी गराएको हो । एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ ।

त्यस्तै, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध