नेभिगेशन
समाज विविध

धुलिखेलमा ‘पावर टू पावर स्टेरिङ’ हुँदै

काठमाडौँ– नेपालमा पावर टू पावर स्टेरिङको तयारी पूरा भएको छ । 

नासा उमन कमिसनले नासा फोर ह्विलर टिमसँगको सहकार्यमा इभेन्ट आयोजना गर्न लागेको हो ।

नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभई विश्व अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय मोटर स्पार्टस कार्यक्रम पावर टू पावर स्टेरिङ शनिबार काभ्रेको धुलिखेलमा आयोजना हुने भएको हो । उमन इम्पावरमेन्ट थ्रू मोटरिङ थिममा हुने सो कार्यक्रम धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा हुने आयोजकले जनाएको छ । 

नासा नेपालका तालिम प्राप्त मार्सलको व्यवस्थापनमा हुने कार्यक्रममा सहभागीले मूलत एड्भेन्चर, थ्रिल र टुरिजमको कम्बिनेसन पाउने आयोजकको दाबी छ । रोमाञ्चकता र महिला सशक्तीकरण तथा सोसियल नेटवर्किङसमेत यसमा जोडिएको बताइएको छ ।

पावर स्टेरिङमा महिला हँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा १८ टिम सहभागी हँुदै छन् ।

उक्त इभेन्टमा ख्यातिप्राप्त कलाकार, खेलाडी तथा विशिष्ट व्यक्तित्वसमेतको सहभागिता हुने छ । 

कार्यक्रमले नेपाली पर्यटन उद्यममा समेत नयाँ आयाम थप्ने भन्दै आयोजक नासा उमन कमिसनकी सञ्जु बज्रचार्यले इभेन्टमा विजयीहरूलाई सिल्ड र सर्टिफिकेट साथै अन्तराष्ट्रिय सहभागिताको अवसर दिइने जानकारी दिइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध