नेभिगेशन
समाचार

माधव नेपाललाई भेट्न नेकपा एसकोे कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । 

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा उनीहरूबीच कुराकानी भएको छ । 

छलफलमा एकीकृत समाजवादीका उपमहासचिव एवं कार्यालय सचिव डा. गंगालाल तुलाधर पनि सहभागी छन् । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्नुअघि उनीहरूले भेटवार्ता गरेका हुन् । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक शनिबारबाट सुरु हुने तय भएको छ । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै श्रेष्ठलाई माधव नेपालसँग छलफल गर्न पठाएको श्रेष्ठ निकट स्रोतले बताएको छ । 

दुई पार्टी बीचको एकताको बारे प्रारम्भिक छलफल भइरहेको बेलामा नेपाल र श्रेष्ठबीच छलफल भएको थियो । 

एकीकृत समाजवादीका नेता डा. विजय पौडेल बिहीबार माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । 

तर, उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । 

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन चाहेका छन् । तर, एमालेका अध्यक्ष केपी शर्मा ओली त्यसमा सकरात्मक नभएको कारण प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन सकेका छैनन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार