Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको विकास नै भारतको चाहना हो : राजदूत श्रीवास्तव

शुक्रबार, माघ २०, २०७९

राजविराज –नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध संसारको अन्य कुनै देशमा नरहेको बताएका छन् । 

राजदूत श्रीवास्तवले दुई देशको मैत्रीपूर्ण सक्बन्ध अझै प्रगाढ बनाउन सबैको योगदान हुनुपर्ने बताए ।

भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएको योजनाहरुको शुक्रबार राजविराजमा उद्घाटन गर्दै उनले भने, ‘नेपालको विकास र यहाँका जनताको खुसी हाम्रो चाहना हो ।’

पछिल्लो समय कालीगण्डकीबाट अयोध्या लगिएको शिलाले पनि दुई देशको स्नेहपूर्ण मित्रता प्रष्टिएको राजदूत श्रीवास्तवले बताए । राजदूत श्रीवास्तवले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा भारतीय दूतावासले सहयोग गरिरहेको चर्चा गर्दै भारत सरकारले नेपाली जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यमा सहयोग जारी राख्ने बताए ।

राजदूत श्रीवास्तवले दूतावासको सहयोगमा निर्मित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष तथा प्रसूति भवन, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको भवन तथा जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरको भवन उद्घाटन गरे ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्