Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेतृत्वको कमजोरीले कांग्रेस प्रतिपक्षमा बस्न बाध्य : नेता केसी

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सही निर्णय दिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताए ।

नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हतार नभएको पनि बताए । उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे ।

सभामुख, प्रधानमन्त्री विभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउँदा बृहत शक्ति सन्तुलन हुने उनकफ भनाइ छ । उनले गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे । 

केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरूलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए । ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरूले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।

नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताए । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनको जोड छ ।


 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्