नेभिगेशन
समाज विविध

हवाई उड्डयनलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ –हवाई उड्डयन सुरक्षित तुल्याऊन पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

बारम्बार भएको हवाई दुर्घटनाले नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई यातायात सुरक्षित बनाउनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको सुनुवाइ माघ २४ गते हुनेछ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट निवेदनमा विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी अहिलेको कानून, नियम र सुरक्षा मापदण्डको पुनरावलोकन गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।

साथै उनले आईकाओको मापदण्ड पालना भए नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्न र हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न पनि माग गरेका छन् ।

सेवा प्रवाह गर्ने र निगमन गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई व्यवस्थापन गरेर छुट्टाछुट्टै संयन्त्र बनाउन समेत रिट निवेदनमा माग गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध