Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ देशका विज्ञ गैंडा संरक्षणबारे छलफल गर्दै

शुक्रबार, माघ २०, २०७९

चितवन–गैंडा मारिन थालेपछि ५ देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ । 

३ दिनसम्म चल्ने सम्मेलनमा गैंडा संरक्षणमा देखिएका चुनौती र सुरक्षाको विषयमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले जानकारी दिए ।

विश्वबाट नै लोपउन्मुख अवस्थामा रहेको एक सिंगे गैंडाको संरक्षणमा देखिएको चुनौतीको विषयमा छलफल गरेर साझा योजना तयार पार्न सम्मेलनको अयोजना गरिएको हो । यस अगाडि सम्मेलन भारतको दिल्लीमा आयोजना भएको थियो । नेपालमा पहिलो पटक सम्मेलन आयोजना गरिएको हो ।  

शनिबार निकुञ्जको विभिन्न क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम रहेको छ । गैंडाको मुख्य वासस्थान रहेको ठाउँ, मारिएका स्थान प्रत्यक्ष रुपमा अवलोकन गरेर चुनौतीको विषयमा साझा धारणा तयार गर्ने कार्य योजना रहेको सूचना अधिकारी पन्तले जानकारी दिए ।

चितवन भन्दा अगाडि दोस्रो दिल्लीमा र पहिलो इण्डोनेसियामा सम्मेलन भएको थियो ।  ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिएको यो सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका प्रतिनिधि सहभागी छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्