नेभिगेशन
समाज विविध

सांसद चौधरीलाई छाड्न माग गर्दै प्रर्दशन

धनगढी –कैलालीमा नागरिक उन्मुक्ति पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै जुलुस तथा प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा सदस्य चौधरीलाई जेल चलान गरेपछि नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।

उनीहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीमा विरोध तथा राँके जुलुसहित प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले नागरिक उन्मुक्ति पार्टीका २०० भन्दा बढी कार्यकर्ता विरोधमा उत्रिएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

विरोधमा कार्यकर्तासहित उक्त पार्टीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य पनि सहभागी थिए ।

बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई काठमाडौं हुँदै धनगढी ल्याएर शुक्रबार जिल्ला अदालतले कारागार चलान गरिएको छ । १३ वर्षअघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो । अहिले उनीहरू कैद भुक्तान गरिरहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध