नेभिगेशन
समाज विविध

प्रदेश १ र गण्डकीका हिमाली भूभागमा हिमपातको पूर्वानुमान

काठमाडौँ – आज प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार दिउसो प्रदेश नं. १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । त्यसका कारण हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ।

प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भूभागमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध