Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रपति निर्वाचन

माओवादीको निर्णय– राष्ट्रपतिमा सहमति, नभए विचार मिल्ने दलसँग सहकार्य

चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने
शनिबार, माघ २१, २०७९

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने, त्यसो नभए विचार र लक्ष्य मिल्ने पाटीैसँग मिलेर जाने निर्णय गरेको छ । 

शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने जानकारी दिए ।

पौडेलका अनुसार नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको छ । उनल भने, ‘यदि सहमति नभए विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको छ ।’

एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने पौडेलको भनाई छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्