नेभिगेशन
विश्व

कङ्गोको शान्तिका लागि छलफल गर्दै पूर्वी अफ्रिकाका नेताहरू

नैरोबी–पूर्वी कङ्गोमा जारी द्वन्द्वलाई शान्त पार्ने उपायहरूबारे छलफल गर्न पूर्वी अफ्रिकी नेताहरूले शनिबार बुरुन्डीमा क्षेत्रीय शिखर सम्मेलन सहभागी भएका छन् ।
 
आर्थिक केन्द्र बुजुम्बुरामा पूवी अफ्रिकी समुदायमले यो वार्ताको आयोजना गरेको हो । पूवी अफ्रिकी समुदायमा बुरुन्डी, कङ्गो, केन्या, रुवान्डा, दक्षिण सुडान, तान्जानिया र युगान्डा रहेका छन् । विशाल मध्य अफ्रिकी राष्ट्र कङ्गोेको अशान्त पूर्र्वी क्षेत्रमा लडाईं अन्त्य गर्न मध्यस्थता प्रयासको नेतृत्व उनीहरूले गरेका हुन् । 

उक्त समारोहमा कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेडी र रुवान्डाका राष्ट्रपति पल कागामे पनि सहभागी छन्, जसलाई पूर्वी गणतान्त्रिक प्रजातन्त्र कङ्गोेको ठूलो भूभाग कब्जा गरेका एम २३ विद्रोहीलाई समर्थन गरेको आरोप लगाइएको छ ।

गत वर्ष जुलाईमा अङ्गोलामा भएको सम्झौतालाई उद्धृत गर्दै कङ्गोली राष्ट्रपतिले फेसबुकमा भनेका छन्, “लुआन्डा रोडम्यापको मूल्याङ्कनमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ, जसले जनवरी १५ अघि कब्जा गरिएका क्षेत्रहरूबाट एम २३, आरडीएफ (रुवान्डा डिफेन्स फोर्सेज) सैनिकहरूलाई प्रभावकारी र निश्चित रूपमा फिर्ता बोलाउन माग गरेको थियो ।

एम २३ का लडाकूहरूले यी क्षेत्रहरू कहिल्यै छोडेका छैनन्, यसको विपरीत एम २३ र यसका सहयोगीहरूले आफ्नो कब्जाको क्षेत्र विस्तार गरेका छन् ।

कङ्गोमा सन् २०१३ पछि बुरुन्डीको भ्रमणमा पहिलो पटक आएका छन् । उनी स्वतन्त्रता समारोहमा सहभागी भएका थिए । 

बुरुन्डी सरकारका अनुसार आज अपराह्नदेखि शुरु भएको शिखर सम्मेलनमा केन्याका राष्ट्रपति विलियम रुटो, युगान्डाका वरिष्ठ नेता योवेरी मुसेभेनी र तान्जानियाका सामिया सुलुहु हसन पनि सहभागी हुनेछन् ।

पूवी अफ्रिकी समुदायमा बुरुन्डी, कङ्गो, केन्या, रुवान्डा, दक्षिण सुडान, तान्जानिया र युगान्डा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन