नेभिगेशन
समाज विविध

अग्रज पुस्ताकाे मार्ग निर्देशन अनुसार नयाँ पुस्ता जानु पर्छ : नगरप्रमुख ब्याञ्जु

काभ्रेपलाञ्चोक - धुलिखेल नगरपालिकाका मेयर अशाेक ब्याञ्जुले अग्रज पुस्ताकाे मार्ग निर्देशन अनुसार नयाँ पुस्ता चल्नु पर्ने बताएका छन् । धुलिखेल नगरपालिका-९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गर्दै उनले अग्रजकाे अनुशरण गर्दै आफू सामाजिक कार्यमा लागेकाे बताए।

वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज  तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उनीहरूलाई दीर्घजीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताए । सम्मानितलाई दोसल्ला र सम्मानपत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसमेत प्रदान गरिएको थियो ।

नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँलगायतले अग्रजको सामाजिक कामको अनुशरण गर्नु पर्ने बताएका थिए 

328683078_890424238948457_6877085664870011102_n1675565671.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध