नेभिगेशन
अर्थ विविध

सुनको मूल्य प्रति तोला २ हजारले घट्यो

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ४ हजार १ सय तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ६ सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर १ हजार ३ सय २० तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध