Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीकाे भनाइमा खतिवडाको नियमापत्ति ः बार्दलीबाट ल्याइएको साझा कार्यक्रम संसद्लाई थाहा छैन

आइतबार, माघ २२, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्दै गर्दा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका छन् । 

ओलीले सम्बोधनको क्रममा वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमबारे चर्चा गरेपछि खतिवडाले आफ्नो कुर्सीबाट उठेर नियमापत्ति गरेका हुन् । 

ओली बोल्दै गर्दा खतिवडा आफ्नो कुर्सीबाट उठेपछि सभामुख देवराज घिमिरेले के विषय थियो माननीय सदस्य भनेर सोधेका थिए । 

खतिवडाले संसद् बैठक सञ्चालन नियमावलीको दफा २६ अनुसार आफ्नो नियमापत्ति रहेको बताएका थिए । 

उनले भनेका थिए, ‘मेरो नियमापत्ति नियमावलीको दफा २६ अनुसार हो । कुनै बार्दलीबाट घोषणा भएको न्यूनतम साझा कार्यक्रम हामीले देख्न त के सुन्न समेत पाएका छैनौँ । संसद्ले थाहा नपाएको विषय यहाँ उल्लेख नगरियोस् ।’

त्यसपछि सभामुख घिमिरेले खतिवडालाई बस्न भनेका थिए भने ओलीलाई सम्बोधनलाई निरन्तरता दिन संकेत गरेका थिए । 

आफ्नो सम्बोधनलाई निरन्तरता दिँदै ओलीले भने, ‘नेपाली कांग्रेसका साथीहरू विपक्षी दलका नेताले भन्दा पहिला बोल्नुपर्छ भनेर वेलमा आउनुहुन्छ । यो कुनै नौलो कुरा होइन । नेपाली कांग्रेसका साथीहरू यस्तो गरिरहनुहुन्छ ।’

त्यसपछि ओलीले सम्बोधन जारी राखेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्