नेभिगेशन
समाज विविध

रवि लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति : पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिानेले आइतबार पत्रकार सम्मेलनमा प्रस्तुत गरेको अभिव्यक्तिप्रति पत्रकार महासंघले आपत्ति व्यक्त गरेको छ । 

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति प्रकाशन गरेर लामिछानेको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार भएको बताएका छन् । 

लामिछानेले पत्रकार सम्मेलनमा सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद जानुका केही सञ्चारमाध्यमका सञ्चालक र सम्पादकहरूको भुमिका रहेको बताएका थिए । 

मिडिया सञ्चालक र केही सम्पादकहरुको नाम लिँदै लामिछानेले उनीहरुको स्वार्थ  पूरा नहुने भएपछि आफूलाई नागरिकताको विषयमा खेदिएको र सोही कारण पद गुमाउनु परेको उल्लेख गरेका थिए । 

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीले नामै लिएर लामिछानेले धम्की दिएको महासचिव पुरीले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘सञ्चार माध्यमले प्रकाशन गरेको समाचार चित्त नबुझेका प्रचलित विधि र पद्धतीअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।
Release1675607295.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध