नेभिगेशन
समाज विविध

केही स्थानमा हल्का हिमपातको सम्भावना 

काठमाडौँ – देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ जसका कारण हाल प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको अवस्था छ।

आज दिउसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध