नेभिगेशन
अर्थ विविध

साेमबार सुनको मूल्य ५ सयले बढ्याे

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सयले बढेको छ । अधिल्लो दिन प्रतितोला १ लाख ४ हजार १ सयमा कारोबार भएको उक्त सुनको मूल्य आज १ लाख ४ हजार ६ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ६ सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार ३२० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

उद्योगमा कोभिडको असर कायमै