नेभिगेशन
विचार
नफापेकाे अंक ७

नेपालको इतिहासमा अफापसिद्ध ‘७’ प्रचण्डलाई प्रधानमन्त्री बन्न ७ दलकै समर्थन !

अनुसन्धान र खोजकर्ताहरूले विभिन्न समयका घटनालाई महत्त्वका साथ हेर्ने गर्छन् । यसै क्रममा ज्योतिष तथा खगोलशास्त्रीहरूले पनि यस्ता घटनालाई सूक्ष्म रूपमा अध्ययन गरेका हुन्छन् ।

पृथ्वीमा घट्ने हरेक प्रकारका साना तथा ठुला घटनाको पछाडि खगोल विज्ञान जोडिएको हुन्छ । विश्वमा हुने हरेक प्रकारका परिवर्तनका पछाडि आकाशीय पिण्डहरूको पनि प्रमुख भूमिका रहने गर्छ । 

ज्योतिष शास्त्रमा अंक विज्ञानको पनि प्रमुख महत्त्व छ । हरेक अंकले ग्रहहरूलाई नियममा राख्न मद्दत गरिरहेका हुन्छन् ।

राहु र केतु ग्रहलाई छाडेर बाँकी ७ वटा ग्रहका आधारमा ब्रह्माण्डीय संरचना निर्माण भएको हो । ७ वटा ग्रहको नामले बारको रचना भएको छ, जुन विश्वका हरेक देशमा यही नियममा दिनचर्या सुचारु हुन्छ ।

देशमा पछिल्लो पटक ७ दलीय गठबन्धनबाट बनेको प्रचण्ड नेतृत्वको सरकार सुरुआती समयदेखि नै असहज परिस्थितिबाट अगाडि बढ्दै गएकाले ७ अंकलाई संयोगमात्रै नभएर नफापेको रूपमा सिद्धान्त ज्योतिषअन्तर्गत अंक ज्योतिषमा विशेष रूपमा हेरिएको छ । 

७ अंकबाट उदाएका रवि लामिछाने २०७९ माघ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रूपमा नै उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिन नसकिने बताएपछि लामिछानेले सरकारबाट  बाहिरिने निर्णयले पुनः नेपाली राजनीतिमा नयाँ मोड देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना २०७९ असार ७ गते भएको थियो । उक्त पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएसँगै आधिकारिकता प्राप्त गर्‍यो ।

रास्वपा मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जित्न सफल भयो । सबैको नजरमा भाग्यमानी रास्वपा । अतः नेपालको राजनीतिक इतिहासमा नफापेको ७ नम्बर रास्वपालाई बरदान नै बन्न पुग्यो । 

फलतः ७ दलको गठबन्धनबाट सभापतिसमेत रहेका रवि लामिछाने मुलुकको उपप्रधानसहित गृहमन्त्रीका रूपमा उदाए ।

३२ दिनभित्रै नागरिकताको विषयमा लामिछानेले गृहमन्त्रीको जिम्मेवारी र सांसद पदसमेत गुमाउनुपरेको छ । व्यक्तिगत रूपमा रवि लामिछानेसहित उनको पार्टीलाई भाग्यमानी बनेको ७ अंक सत्तामा पुग्नेबित्तिकै अफापसिद्ध भएको छ, त्यो पनि ७ दलीय गठबन्धन सरकारमा सहभागी हुँदा । 

विक्रम संवत् २००७, २०१७, २०२७, २०३७, २०४७, २०५७, २०६७ र २०७७ मा हरेक प्रकारका घटनाका पछाडि वर्षको अन्त्यमा ७ अंक जोडिएकाले सर्वत्र चासो देखिएको हो ।

ज्योतिषमा ७ नम्बरलाई शक्तिशाली नम्बरको रूपमा हेरिने गरेको छ । ७ जना ऋषिहरूको समूहलाई सप्तर्षि भनेर शक्तिका रूपमा पूजा गरिन्छ । ठुल्ठुला नदीहरूको समूह मिसिएर बनेकोलाई सप्त सागरका रूपमा मानेर पूजा गरिनु, बारका हिसाबले पनि अन्तिममा ७ बारसम्म मात्रै हुनु आदिले गर्दा पनि खगोल शास्त्रमा ७ नम्बरको महत्त्व विशेष छ ।

२००७ सालमा पनि अन्तिममा ७ अंक छ, २०७७ सालमा पनि व्यापक राजनीतिक परिवर्तन भयो । विशेष गरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन ७ गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातन्त्रको घोषणा गरेका थिए

अंक ७ शुक्र ग्रहले प्रतिनिधित्व गर्ने भएकाले शास्त्रमा शुक्र ग्रहलाई भोग, विलास, यश, आराम, नाट्यकला, चतुर्‍याइँ आदिको प्रतिनिधित्व गर्ने ग्रहका रूपमा लिने गरिन्छ । जुन राक्षसहरूको गुरुका रूपमा पनि पूजा गर्ने गरिन्छ, यस्तो शक्तिशाली ग्रहले सञ्चालन गर्ने ७ अंक अन्तिममा आउँदा देशमा ठुल्ठुला राजनीतिक परिवर्तन भएका छन् ।

२००७ सालको आन्दोलनलाई नेपालको प्रजातान्त्रिक आन्दोलन भनेर पनि भन्ने गरिएको छ । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा नयाँ दिल्लीमा राणा, नेपाली कांग्रेस तथा राजाबीच त्रिपक्षीय सम्झौता भएपछि उक्त आन्दोलन रोकिएको थियो । २००७ साललाई पनि नेपाली राजनीतिमा ऐतिहासिक रूपमा लिइएको छ ।

२०१७ सालको राजनीतिक गतिविधिलाई हेर्ने हो भने पनि तत्कालीन राजा महेन्द्रले पुस १ गते प्रजातन्त्र विघटन गरी पञ्चायती व्यवस्था लागू गरेका थिए ।

२०२७ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको स्थापना भएको थियो ।

२०३७ साल वैशाख २० गते नेपालमा अर्को राजनीतिक घटना भएको थियो । उक्त समयमा बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्नेबारे जनमतसंग्रह भएको थियो । यसले पनि नेपाली राजनीतिमा तरंग पैदा गरेको थियो ।

२०३७ सालमै नेपाललाई ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा नेपालको संविधान– २०४७ जारी भएको थियो । 

यसैगरी २०५७ सालमा कृष्णप्रसाद भट्टराईको राजीनामापछि गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

यसपछि २०६७ मा कांग्रेसका एक मात्र जीवित संस्थापक पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भयो ।

यसपछि २०७७ साल लागेसँगै राजनीतिमा तरंग सुरु भएको थियो । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राजनीतिक दल तथा संवैधानिक परिषद्सम्बन्धी दुइटा अध्यादेश जारी गराएपछि राजनीतिमा तरंग पैदा गराएको हो ।

२०७७ पुस ५ मा पुनः अर्को राजनीतिक दुर्घटना हुन पुग्यो र अहिलेसम्म प्राप्त उपलब्धिलाई गुमाउनुपर्ने अवस्था आएको छ ।

त्यस्तै गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई कत्तिको शुभ हुन्छ, समयले बताउँदै जाने छ । 

(लेखक रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार

आईजी थापाका ‘जायज’ उत्तर

राजा कसरी रहन पनि सक्छन्?