नेभिगेशन
समाज विविध
गर्मीसँगै बढ्दाे बागमती दुर्गन्ध

बाग्मती दुर्गन्ध पीडित स्थानीय भन्छन्-  हामीले त दुर्दशा देख्यौँ, नयाँ पुस्ताले कञ्‍चन बाग्मती पाओस् [भिडियो स्टोरी]

काठमाडौं– ३ दशकअघि नै बाग्मती नदीलाई सफा बनाउने र पुरानै अवस्थामा फर्काउने भनेर ‘अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति’ स्थापना भएको थियो । 

तर, अहिलेसम्म नदीको १ किलोमिटर क्षेत्र पनि सफा हुन सकेको छैन । लीलामणि पोखरेल मुख्यसचिव हुँदा उनले बाग्मती सफाइ अभियान नै चलाए । 

हरेक शनिबार सरकारी संयन्त्रका कर्मचारी र शुभेच्छुकहरूलाई सहभागी गराएर बाग्मती सफाइको अभियान पोखरेलले सुरु गरेका थिए । उनी अवकाश भएको केही समय त सफाइ अभियान चल्यो । तर, त्यसले निरन्तरता पाउन सकेन । 

कुनै समय काठमाडौँबासीको दैनिकीमा बाग्मतीको प्रत्यक्ष प्रभाव थियो । मानिसहरू नुहाउनसमेत बाग्मतीकै पानी प्रयोग गर्थे । त्यतिमात्रै होइन, बाग्मतीमा हिन्दु सभ्यताको इतिहास पनि जोडिएको छ ।

बाग्मतीको नाममा अहिले पनि करोडौँ बजेट र सयौँ आयोजना सञ्‍चालन भइरहेका छन् । तर, बाग्मती नदी सफा हुनुको सट्टा दिनदिनै समस्याग्रस्त बनिरहेको छ । 

Bagmati1675674481.jpg

बाग्मतीमा जलजन्य जैविक विविधता सखाप भएका छन् । नदी सफा गर्ने र जैविक विविधता फर्काउने भनेर २०६६ मा मन्त्रिपरिषद्‍ले ५ वर्षे ‘बाग्मती एक्सन प्लान’ स्वीकृत गरेर कार्यान्वयनमा ल्यायो । बाग्मती बचाऊ अभियान पनि चल्यो । तर, समस्या जस्ताको तस्तै । 

काठमाडौँको तापक्रम जति बढ्दै गयो, बाग्मतीको दुर्गन्ध पनि उत्तिकै बढ्दै जान्छ । नदी किनारका बस्ती बाग्मतीको दुर्गन्धले हैरान छन् ।

नदीमा बहाब हराउँदै गएको छ । बाग्मती किनारमा उभिएर हेर्दा नदी नभएर ढल जस्तो महसुस हुन्छ । त्यसैले त स्थानीयले बाग्मतीलाई ‘ढलमती’को उपनाम दिएका छन् । 

फोहोर र दुर्गन्धित बाग्मतीका कारण नदी किनारका स्थानीयले भोग्नुपरेको पीडा सिएन नेपालले भिडियोमा उतारेको छ । 

भिडियोमा हेर्नुहोस् के भन्छन् बाग्मती किनारका स्थानीय–

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध