नेभिगेशन
समाज विविध

गाउँपालिकाले राष्ट्रिय बालिका सम्मेलन गर्ने

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक तथा पर्यटकीय नाढीमन ताल परिसरमा सम्मेलन गर्न लागेको हो ।

नाढीमन ताललाई प्रदेश र देशव्यापी रूपमा चिनाउने तथा बालविवाह अन्त्यका लागि गाउँपालिकामा सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने विषयमा केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुन लागिएको हो ।

२० फागुन शनिबार हुने बालिका सम्मेलन चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा सञ्चालित हुने अध्यक्ष राजकुमार महतोले जानकारी दिए । 

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य गर्ने जस्ता महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष  महतोले बताए । 

सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र ४ वटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवालहरू केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध