रास्वपाका मन्त्रीको राजीनामा स्वीकृत
काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो ।
राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिने निर्णयसँगै रास्वपाका तीन मन्त्रीले आइतबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १६:१५
प्रतिक्रिया दिनुहोस्