Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्ततः मधेस प्रदेश सरकारमा माओवादी सहभागी हुँदै

सोमबार, माघ २३, २०७९

जनकपुरधाम –मन्त्रालय भागबन्डामा विवाद भएपछि मधेश प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्र अन्ततः १ मन्त्री र १ राज्यमन्त्री लिएर सरकारमा जाने भएको छ ।

२० माघमा भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलबार सरकारमा सहभागी हुन लागेको हो ।

माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र १ राज्यमन्त्री पाउने भएको छ । उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाउँदै छन् ।

मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद छन् । २० माघमा मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा सरकारमा सहभागी भएको थिएन । माओवादीलाई १ मन्त्री र १ राज्यमन्त्री मात्रै दिने अडान मुख्यमन्त्रीले राखेपछि अन्ततः माओवादी सरकारमा सहभागी हुन लागेको जनाइएको छ ।

दुवै मन्त्रीको शपथ मङ्गलबार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजेट तयारीमा मधेश प्रदेश सरकार
मंगलबार, वैशाख २६, २०८०