नेभिगेशन
समाचार

‘अध्यादेश ल्याउनकै लागि संसद् अन्त्य गर्न हुँदैन’

काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । 

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनकै लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने उनको तर्क छ । 

तर विगतका सरकारहरूले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे । 

उपाध्यक्ष नेम्बाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहो¥याए । 

संसद्लाई छलेर अध्यादेश ल्याउने व्यवस्था संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने औँल्याए ।

उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटि देखाएर सरकारले गल्ती गर्न नमिल्ने बताए । भारतीय संविधान निर्माता अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरू आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार