Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन टिकाइराख्न जरुरी छ : ज्ञवाली

सोमबार, माघ २३, २०७९

काठमाडौँ– सत्ता घटक नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाइराख्न जरुरी रहेको बताएका छन् । 

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखापरेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क छ ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमति कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए । कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताका महत्वपूर्ण अंगहरूमा हिस्सा खोज्ने दोहोरो चरित्र देखाउन नहुने उनको जिकिर छ । 

सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुने भन्दै उनले भने, ‘यसले नियन्त्रण र सन्तुलन खल्बलिन्छ ।’ 

उपमहासचिव ज्ञवालीले कांग्रेसमा सत्ताबाट हट्नुपरेको छटपटी सुरु भएको आरोप समेत लगाए ।

उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्