नेभिगेशन
समाज विविध

स्वदेशी सफ्टवेयरको प्रयोग बढाउन क्यान महासंघको माग

काठमाडौँ– कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सरकारी निकायहरूमा स्वदेशमा नै बनेका सफ्टवेयरको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग माग गरेको छ ।

क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले सरकारसँग सो माग राखेका हुन् । मंगलबार काठमाडौँमा सुरु भएको २५औँ संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

शून्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सामानमध्ये कम्प्युटर, मोनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकामा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे । 

यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि विशेष थलो हुने बताइएको छ । 

करिब साढे ३ लाख जनाले इन्फोटेक अवलोकन गर्ने अपेक्षा गरिएको क्यान महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध