नेभिगेशन
समाज विविध

सार्वजनिक बिदा घटाउन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदामा पुनर्विचार गर्नुपर्ने बताएका छन् । 

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रचण्डले सार्वजनिक बिदा धेरै भएकाले यसमा पुनर्विचार गर्नैपर्ने बताएका हुन् ।

बिदाको संख्या धेरै हुँदा सेवा प्रवाहमा असर परेको उनको बुझाइ छ । ‘हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ । सेवा प्रवाहमा समस्या देखिएको छ,’ उनले भने ।

उनले सरकारले मनाउने धेरै दिवसको प्रकृति र शैली एउटै हुने गरेको भन्दै यसमा पनि छलफल आवश्यक भएको बताए ।

‘हामी गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध