नेभिगेशन
समाज विविध

डा. चालिसे बने बाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष

काठमाडौँ– बाग्मती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. होमनाथ चालिसेलाई नियुक्त गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले डा. चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको हो । पपुलेसन स्टडिजमा एमए गोल्ड मेडलिस्ट डा. चालिसेले बुढ्यौलीसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । 

डा. चालिसे विश्व स्वास्थ संगठनको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्य पनि हुन् । उनी नेपाल जनसंख्या संघको उपाध्यक्ष छन् भने नेपाल सेयरधनी संघको सल्लाहकार पनि छन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन गराउँछन् ।

अमृत साइन्स क्याम्पसबाट उनले बिएस्सी, त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या विषयमा स्नातकोत्तर र टोकियो युनिभर्सिटी जापानबाट विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध