नेभिगेशन
अर्थ विविध

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौँ –बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर १ लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्