नेभिगेशन
समाचार

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ– २६ माघका लागि बोलाइएको नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरूको कार्यविभाजन, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न बोलाएको बैठक स्थगित गरेको हो ।

कांग्रेस संसदीय दलका नेताका स्वकीय सचिव केशवराज जोशीले विज्ञप्ति जारी गर्दै अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार