Nic Ad Nic Ad
Nic Ad Nic Ad

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार बढी

बिहीबार, माघ २६, २०७९

अङ्कारा - टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी ८ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

 यसैगरी, सिरियामा कम्तीमा १ हजार २५० जनाको मृत्यु हुनुका साथै २ हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा १ हजार २८० जनाको मृत्यु हुनुका साथै २ हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्