Nic Ad Nic Ad
Nic Ad Nic Ad

डिभाेर्स गरेकी श्रीमतीकाे वास्तविकता थाहा भएपछि गरे पुनः विवाह 

बिहीबार, माघ २६, २०७९

काठमाडाैँ– अहिले भ्यालेन्टाइनकाे सप्ताह चलिरहेकाे छ । माया र प्रेममा उदाहरणा हुन सबैले आ-आफ्नाे तर्फबाट सहयाेग गरिरहेका हुन्छन् । 

तर, अहिले सामाजिक सञ्जालमा एउटा प्रेमकथा सार्वजनिक भएकाे छ । जुन कथामा ३ वर्ष पहिला डिभाेर्स गरेर बसेका श्रीमान श्रीमतीकाे पुनः विबाह भएकाे छ  । 

कथा चीनको सांघाई सहरको हो, जहाँ १ पतिले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए । श्रीमतीको सत्यतथ्य थाहा पाउने बित्तिकै उनीबाट टाढिन सकेनन् ।

माया देखाउन को लागी मात्र होइन सम्बन्ध जोगाउन को लागी हो। यस्तै प्रेमका लागि १ व्यक्तिले सम्बन्धविच्छेद भएको केही वर्षपछि आफ्नी श्रीमतीसँग विवाह गरेका छन् ।  साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पतीबीच केही ठीक नभएपछि उनीहरुको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदको केही समयपछि उनले आफ्नी श्रीमतीको गम्भीर रोगको बारेमा थाहा पाए र पुनः विवाह गरे।

२ साताअघि श्रीमतीलाई एप्लास्टिक एनिमिया नामक रोग लागेको थाहा पाएकाले अब उनी फेरि श्रीमतीसँग बिहे गर्न लागेका हुन् । आइसियुमा भर्ना हुनुभन्दा एक दिनअघि श्रीमानले पूर्व पत्नीसँग पुनर्विवाहको लागि निवेदन दिएका थिए । प्रेम र प्रतिबद्धताको शक्तिले आफ्नी पत्नीलाई बचाउनेछ भन्ने आशामा गरिरहेका छन् । यो जोडीको कथाले सामाजिक सञ्जालमा मानिसहरूलाई साँचो प्रेमको तस्बिर देखाएको छ ।

विवाह दर्ता कार्यालयमा गएर दम्पतीका लागि प्रार्थना गरेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्