किन स्कुल जान मान्दैनन् बच्चा बच्ची ?
काठमाडाैँ – एउटै कक्षा कोठाका सबै विद्यार्थीहरू समान हुँदैनन् । कोही तीक्ष्ण हुन्छन्, कोही कमजोर हुन्छन् । कोही बाठो हुन्छन् त कोही सोझो हुन्छन् ।
सोझो र कमजोर विद्यार्थीहरू पढाइका कारण मानसिक दबाबमा हुन्छन् । तर यो कुरा कमजोर विद्यार्थीले व्यक्त गर्न सक्दैन । यस्तोमा भित्रभित्रै पीडा वोध भएर यस्ता विद्यार्थी स्कुल जान मन गर्दैनन् । यस बाहेक पनि अन्य धेरै कारणहरू हुन्छ जसका कारण विद्यार्थी स्कुल जान मन गर्दैनन् । के हुन् त ती कारण ः
– शिक्षकले सबै विद्यार्थीलाई समान व्यवहार नगर्दा कम माया पाएको महसुस गर्ने विद्यार्थी स्कुल जान मान्दैनन् ।
– केही विद्यार्थी साथीको व्यवहारबाट पनि दुःखी हुन सक्छन् । साथीले जिस्काउने, होच्याउने जस्ता कुराले विद्यार्थीलाई तनाव हुनसक्छ । जसका कारण उनीहरू विद्यालय जान मान्दैन ।
– कक्षा कोठामा साथीबाट हुने दुर्व्यवहारले विद्यार्थीहरू आजित भएको हुन सक्छन् । यसैको आतंकका कारण उनीहरू मानसिक दबाबमा हुन्छन् । तर, यो कुरा अभिभावक र शिक्षकलाई भन्न सक्दैनन् बरु विद्यालय जान मन गर्दैनन् ।
– साथीको भन्दा आफ्नो झोला, कापी–किताब, शैक्षिक सामग्री नराम्रो छ भने पनि विद्यार्थीहरू स्कुल जान मन गर्दैनन् । यस्तै घरबाट पठाइदिने खाजा मीठो र राम्रो नभए पनि यस्तै साना कुरामा पनि चित्त दुखेर उनीहरू स्कुल जान मन नगर्न सक्छन् ।
– कतिपय विद्यालयको शौचालय बालमैत्री हुँदैन । त्यसमा पनि केही शौचालय नजान डर देखाइ दिन सक्छन् । यसरी विद्यालयमा शौचालयका कारणले भोग्नुपर्ने पीडा सम्झेर पनि विद्यार्थीहरू घरमै बस्न मन गर्छन् ।
– पढाई, क्लास वर्क, होमवर्कमा शिक्षकको बढी दबाब भयो, शिक्षकले कुट्ने पिट्ने गरे, डर देखाएमा विद्यार्थी स्कुल जान मान्दैनन् ।
– अक्सर शिक्षकको झुकाव पढाइमा अब्बल विद्यार्थीमा हुन्छ । कतिपय शिक्षकले विद्यार्थी बिच तुलना पनि गर्छन् । यसले पढाइमा कमजोर विद्यार्थीमा हीन भावना हुन सक्छ र अरूको सामु आफूलाई कमजोर ठान्छन् । यही कारण उनीहरू स्कुल जान मन गर्दैनन् ।