नेभिगेशन
समाज विविध

सशस्त्रका ४ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ – सरकारले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस गरेको छ । 

गृहमन्त्रालयको बढुवा समितिले सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ बमोजिम बढुवा सिफारिस गरेको जानकारी दिएको छ । 

डिआइजीमा बढुवा सिफारिस हुनेमा सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोतम थापा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध