Nic Ad Nic Ad
Nic Ad Nic Ad

टर्की र सिरियाकाे भूकम्पका कारण मृत्यु हुनेकाे संख्या १५ हजार नाघ्याे 

बिहीबार, माघ २६, २०७९

काठमाडाैँ– टर्की र सिरियामा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । 

५० हजार भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।  घाइतेकाे संख्या बढी भएका कारण मृत्युहुनेकाे संख्या अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । 

योसँगै ठुलो संख्यामा मानिस अझै पनि भग्नावशेषमा फसेका छन् । भारत, चीन र अमेरिकालगायत धेरै देशले टर्की र सिरियालाई सहयोग पठाएका छन् । यसमा उद्धार टोलीका साथै चिकित्सा प्रबन्ध र राहत सामग्री समावेश छ।

यसैबीच टर्की र सिरियामा भूकम्पको धक्का निरन्तर महसुस भइरहेको बताइएकाे छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार टर्कीको नूरदागी शहरमा फेरि १ पटक ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ। 

यसैबीच बढ्दो चिसो र हिमपातका कारण उद्धार कार्यमा समस्या भइरहेको बताइएकाेछ । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्