१२ श्रीमती, १०२ छोराछोरी र ५६८ नातिनातिना !
काठमाडौँ–युगान्डामा एउटा गाउँमा एक जनाको परिवारमा ६८२ जना छन् ।
त्यस गाउँमा बस्ने मुसा हासाया कसेराले आफ्नो ठूलो परिवारमा १२ श्रीमती, १०२ छोराछोरी र ५६८ जना नातिनातिनामा साथ बसिरहेका छन् ।
‘मेरा धेरै समस्या छन् । विद्यालयमा तिर्न, सबैलाई खानेकुरा, लत्ताकपडा र कोही बिरामी भइहाल्यो भने उपचारका लागि पैसा चाहिन्छ’, हाल ६८ वर्षका उनले भने । उनले बढ्दो परिवारको आकार रोक्न आफ्ना श्रीमतीहरूलाई परिवार नियोजन गर्न लगाएका छन् ।
युगान्डामा बहुविवाहले कानुनी मान्यता पाएको छ । युगान्डा विश्वमा सबैभन्दा धेरै जन्मदर भएका देशहरूमध्ये पर्छ । यहाँका ५० प्रतिशत महिलाहरूले मात्र आधुनिक परिवार नियोजनमा पहुँच पाएको यूएन विमिनले जनाएको छ ।
‘जब उनले अर्की श्रीमती ल्याए मलाई निकै नराम्रो लागेको र रिस उठेको सम्झना छ । तर समयसँगै मलाई त्यसमा बानी प¥यो’, मुसाकी साइँली श्रीमती जबिना हासायाले भनिन् ।