सुनको मूल्य १०० रुपैयाँले बढ्यो
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलामा १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बुधबार उक्त सुन तोलामा १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १३:२६
प्रतिक्रिया दिनुहोस्