Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिम प्रदेशको बैठक ४ बजेलाई सर्‍यो

बिहीबार, माघ २६, २०७९

सुर्खेत –नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने अडान लिएपछि प्रदेश सरकार संकटमा परेको छ ।

मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्नेछ । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिए पछि थप छलफल भन्दै प्रदेश सभा बैठक सरेको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक साँझ ४ बजेलाई सरेको छ । 

नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौंमै छन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी एकमहिना अघि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ ।

नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा वा गठबन्धन फेरबदल नभएमा मुख्यमन्त्री रावललाई बहुमत नपुग्ने अंकगणित छ । रावलले विश्वासको मत लिन नसकेमा आजैबाट प्रदेश सरकार कामचलाउ बन्नेछ । त्यसपछि संवैधानिक व्यवस्थाअनुसार ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व पाउनेछ । यद्यपि, यसरी बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नागरिक उनमुक्तिले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत पुग्दैन ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्