राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे बस्दै
काठमाडौँ– सत्तारुढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक दलहरू आन्तरिक छलफलमा व्यस्त रहँदा ५ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको छलफलमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति भएको थियो ।
तर, सत्ता साझेदार पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएका कारण संयन्त्रको बैठक बस्न ढिलाइ भएको एमालेका एक नेताले जानकारी दिए ।
संयन्त्रको बैठकमा दलहरूले राष्ट्रपतिको उम्मेदवार छान्ने र यसका लागि रणनीति बनाउनुपर्ने भएका कारण बैठक बस्न ढिला भएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १५:१८
प्रतिक्रिया दिनुहोस्