Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी केन्द्रमा तोकियो वरीयता, वर्षमान र हरिबोलपछि मात्रै जनार्दन

अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षको जिम्मेवारी
बिहीबार, माघ २६, २०७९

काठमाडौँ–  नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरूको वरीयता निर्धारण गरेको छ ।

महाधिवेशन भएको निकै समयपछि मात्रै माओवादी केन्द्रले नेताहरूको वरीयता निर्धारण गरेको हो । 

माओवादी केन्द्रको महासचिव दाबी गरिरहेका वर्षमान पुन र जनार्दन शर्माको वरीयता आठौँं र १०औँ स्थानमा छ । 

माओवादीका ६ उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल सबैभन्दा अघिल्लो वरीयतामा छन् । त्यसपछि वर्षमान पुन र हरिबोल गजुरेल छन् । 

वर्षमानसँगै महासचिवको दाबी गरेका जनार्दन शर्माको वरीयता वर्षमानभन्दा २ स्थान तल राखिएको छ । हरिबोल गजुरेललाई जनार्दनभन्दा सिनियर बनाइएको छ । 

त्यसैगरी, पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरिएको छ । यसअघि उपमहासचिव बनाइएकी पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै उनलाई पाँचाै‌ँ स्थानको वरीयता दिइएको छ । 

पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । ३ उपाध्यक्षमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरीयतामा छन् ।

त्यसपछि महासचिव देवप्रसाद गुरुङको वरीयता निर्धारण गरिएको छ ।

m11675933489.jpg

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्