Nic Ad Nic Ad
Nic Ad Nic Ad

संयन्त्र बैठकअघि प्रचण्ड र ओलीबीच भेटवार्ता

बिहीबार, माघ २६, २०७९

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

सो भेटवार्तामा आज गर्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक र सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत लिनेसम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।

सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ ।

आज सो संयन्त्रको बैठक बस्ने भनिए पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको वार्तामा सहमति नजुटेपछि संयन्त्रको बैकठ अनिश्चित भएको हो । एमाले अध्यक्ष ओली संयन्त्रको संयोजक पनि हुन् ।

आज १ बजेका लागि बोलाइएको संयन्त्रको बैठक ५ बजेको लागि सारिएको थियो । तर, अहिले पनि बैठक बस्ने नबस्ने यकिन छैन ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्