Nic Ad Nic Ad
Nic Ad Nic Ad

याडिया नेपालले ल्यायो ‘याडिया एक्सचेन्ज मेला’

बिहीबार, माघ २६, २०७९

काठमाडौँ –कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको ई–स्कुटरको आधिकारिक वितरकले ३० हजार रुपैयाँ नगद छुट सहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ ।

विद्युतीय २ पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने गरी ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक÷स्कुटर ल्याउन र आकर्षक ३० हजार रुपैयाँ नगद छुट, ६ दशमलव ९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआई र १ वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर लिन सक्ने छन् । यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ ।

याडिया नेपालले  आफ्नो विश्वव्यापी प्रिमियम  मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्