Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाडाले दिए उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई भौतिक उपकरण

बिहीबार, माघ २६, २०७९

काठमाडौँ–अटोमोबाइल्स एसोशिएन अफ नेपाल (नाडा)ले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि ५ थान हाईटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरणहरू हस्तान्तरण गरेको छ । त्यसै नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ ।

नाडाले ती सामग्रीहरू उपत्यका ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई प्रदान गरेको हो ।

त्यस क्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङ्गका सम्बन्धमा के कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको छ । 

त्यस अवसरमा नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरिएको बताए ।

कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्त बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्