नेभिगेशन
अटोमोबाइल्स

पूर्वकप्तान पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत

काठमाडौँ –नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिदै आएको हेल्थ एट  होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतमा आबद्ध भएका छन् ।

खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिड महामारीको समयमा पनि खड्कासँग सहकार्य गरेको थियो । 

हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र साथीहरूको समेत हेरचाह गरेको थियो । अहिले पनि पारसले कम्पनीका अन्य सेवाहरू प्रयोग गर्दै आइरहेका छन् । 

हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब १ लाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स