Nic Ad Nic Ad
Nic Ad Nic Ad

ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएन : भुवन केसी

बिहीबार, माघ २६, २०७९

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको बताए । चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको उनको भनाई छ ।

केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्