Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुदूरपश्चिम प्रदेश

कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त, भोलि शपथ

बिहीबार, माघ २६, २०७९

धनगढी– एमाले नेतृत्वको सरकार ढलेसँगै सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्। 

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।  

यसअघि आजै विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावल  नेतृत्वको सरकार ढलेको थियो । उनले प्रदेश प्रमुख जोशीसमक्ष राजीनामा बुझाएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार ढलेको हो । 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्